Section 4
सपुर्दगी गर्न सकिने कसूर
देहायका कसूरलाई सपुर्दगी गर्न सकिने कसूर मानिनेछः–
(क) नेपालको कानून बमोजिम कम्तीमा तीन वर्षको कैद सजाय हुन सक्ने कसूर,
(ख) माग गर्ने राज्यको कानून बमोजिम कम्तीमा तीन वर्षको कैद सजाय हुन सक्ने कसूर,
(ग) खण्ड (क) र (ख) मा लेखिएको भन्दा कम सजाय हुने भए तापनि कर, राजस्व, बैङ्किग कारोबार वा त्यस्तै किसिमको अन्य कुनै पनि किसिमका आर्थिक वा वित्तीय सम्बन्धी कसूर,
(घ) खण्ड (क), (ख) वा (ग) बमोजिमको कसूर गर्न उद्योग गर्ने, मतियार हुने वा त्यस्तो कसूर गर्न षडयन्त्र गर्ने वा त्यस्तो कसूर गर्न कसैलाई दुरुत्साहन गर्ने कसूर ।